मनाङको ङिस्याङ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो

 फागुन २२, २०८० मंगलबार १२:९:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – मनाङको ङिस्याङ गाउँपालिकामा–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङमा आवतजावत गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्ति भारी हिमपात भएपछि यो क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरो आएको र पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा आएका पर्यटकलाई समेत  आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । 

मनाङमा दैनिकरूपमा ५० देखि ६० जना पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । हिउँ पर्ने समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ ।

जिल्ला प्रशासन कार्यालयले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भन्दै यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया