शेयर बजार ७० अङ्कभन्दा धेरैले घट्याे

 फागुन २२, २०८० मंगलबार १५:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो तीन पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूह, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

उच्च अङ्कले बजार घटेको दिन बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजार घटे पनि आज काराेबार रकम उल्लेख्य बढेकाे छ । आज एक करोड १४ लाख कित्ता शेयर चार अर्ब ११ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया