चीनले ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्याे, सैन्य बजेट बढायाे

 फागुन २२, २०८० मंगलबार १८:२२:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले यस वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । चिनियाँ संसद् नेशनल पिपल्स कंग्रेस (एनपीसी) को अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले देशको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ ।

संरचनात्मक सुधार, गुणस्तरमा वृद्धि र प्रदर्शनमा सुधार गर्दै देशले पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने प्रधानमन्त्री ली छ्याङको भनाइ छ ।

गएको वर्ष पनि चीनको आर्थिक वृद्धि पाँच दशमलव दुई प्रतिशत थियो । तर यस वर्ष घरजग्गा कारोबारमा देखिएको सङ्कट, मूल्यवृद्धिकाे दबाब र पुँजी पलायनका चुनौतीका कारण आर्थिक वृद्धिदर घट्ने अनुमानका बीच अर्थतन्त्रप्रति विश्वास जगाउन प्रयास भइरहेको प्रधानमन्त्री ली छ्याङको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनले रक्षा र विज्ञान प्रविधिमा लगानी बढाउने घोषणा गरेको छ । सन् २०२४ का लागि रक्षा मामिलामा सात दशमलव दुई प्रतिशतले बजेट बढाउने घोषणा संसदमा गरिएको छ । यस घोषणाअनुसार चीनले अब रक्षा क्षेत्रमा दुई सय ३० अर्ब ६० करोड डलर खर्च गर्नेछ ।

यस्तै विज्ञान र प्रविधि क्षेत्रमा १० प्रतिशतले बजेट बढाउने घोषणा गरिएको छ । विज्ञान प्रविधि क्षेत्रमा यस पटक चीनले ५१ अर्ब ६० करोड डलर खर्च गर्न लागेको छ । अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाएसँगै चीनले आत्मनिर्भर हुनका लागि बजेट बढाएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया