इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी स्मार्टफाेन किन्न थप सहज

 फागुन २३, २०८० बुधबार १८:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी स्मार्टफाेन किन्न चाहनेहरूका लागि थप सहज भएकाे छ । अब आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई वटा पासपोर्ट साइजको फोटो र नागरिकता बोकी आफ्नो नागरिकता जारी भएकाे जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै २० हजार रुपैयाँ वा बढी मूल्यकाे ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

इन्स्टा फाइनान्सको साथै ग्राहकले आउँदाे वैशाख १८ गतेसम्म आफ्नो कुनै पनि पुरानो स्मार्टफाेन साटेर 'एन्हान्स्ड ट्रेड–इन बेनिफिट्स' द्वारा नयाँ ग्यालेक्सी एस–२४ सिरिज लिन सक्नेछन् । यो अफर अर्को स्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको सामसङले जनाएकाे छ ।

यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउने र सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन साट्दा तीन हजार बोनस पाउने कम्पनीकाे भनाइ छ । यी सुविधाहरू नेपालभरि नै उपलब्ध छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया