चीनमा नयाँ वर्ष र वसन्त महोत्सवको ४० दिनमा ८ अर्ब ४० करोडभन्दा धेरै यात्रुले यात्रा गरे

 फागुन २३, २०८० बुधबार १८:२२:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा नयाँ वर्ष र वसन्त महोत्सव यात्राको ४० दिनमा आठ अर्ब ४० करोड जनाभन्दा धेरै यात्रुले यात्रा गरेका छन् । विश्वमै धेरै चहलपहल हुने चिनियाँ नयाँ वर्ष र वसन्त महोत्वस यात्रा हिजो सकिएको छ ।

चीनको यातायात मन्त्रालयका अनुसार हिजोसम्म आठ अर्ब ४० करोड जना यात्रुले देशका विभिन्न ठाउँको यात्रा गरेका छन् । रेलबाट चार अर्ब ८० करोड, समुद्री पानी जहाजमा दुई करोड ९० लाख र विमानमार्फत आठ करोड ३० लाख यात्रुले यात्रा गरेका छन् । बाँकी सार्वजनिक बस र निजी गाडीमा यात्रा गर्ने रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सार्वजनिक बसबाटै एक अर्ब ११ करोड यात्रुले यात्रा गरेको अनुमान छ ।

गएको जनवरी २६ मा शुरु भएको नयाँ वर्ष र वसन्त महोत्सव यात्राले चीनलाई निकै चलायमान बनाएको छ । यो समयमा लाखौँ मानिस आफ्नो परिवारसँग पुनर्मिलन गर्न र घुमफिरका लागि निस्कने गर्दछन् । अर्बाैँ नागरिक यात्रामा निस्कँदा चीनको यातायात प्रणालीलाई अझै सुधार गर्नुपर्ने देखिएको खबरमा उल्लेख छ । नयाँ वर्ष र वसन्त महोत्सव यात्राले चीनको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा दिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया