दुई वडा जाेड्ने मादी नदीमाथि मोटरबेल पुल निर्माण शुरु

 फागुन २३, २०८० बुधबार १८:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

तनहुँ – व्यास नगरपालिकाको वडा नम्बर ५ र ७ जोड्ने मादी नदीमाथि मोटरबेल पुल निर्माण थालिएको छ । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि नदीको दुवैतर्फ पिलर राख्ने काम भइरहेको एम/एस इन्दे्रणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले जानकारी दिनुभयो ।

मादी नदीमाथि एक सय २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बन्नेछ । पुल निर्माणका लागि २०७९ साल पुस १४ गते २० करोड नौ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको काम २०८२ साल पुस ६ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

साविक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि २०५२ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो ।

पुल बनेपछि व्यास–५ चिन्टुटारका स्थानीयवासी बढी लाभान्वित हुने भएका छन् । झोलुङ्गे पुल भएकै ठाउँमा मोटरेबल पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी छाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया