नेपालमा भारतीय पर्यटक बढाउन लखनउमा कार्यक्रम, गर्मीमा नेपाल आउने भारतीय दोब्बरले बढ्ने अनुमान

 फागुन २४, २०८० बिहिबार १२:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा भारतीय पर्यटक बढाउन होटल सङ्घ नेपाल (हान) ले भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । यही मार्च ३ देखि ७ तारिखसम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हानले जनाएको छ ।

कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीहरूको उपस्थिति रहेको थियो । यो गर्मीयाममा नेपालमा भारतीय पर्यटकको सङ्ख्या दोब्बरले बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको हानले जनाएको छ ।

हानका अध्यक्ष विनायक शाहले सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्ता दिनुभयो । उहाँले पर्यटकलाई नेपालका मौलिक खानाहरू खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताउनुभयो ।

कार्यक्रममा भारतीय पर्यटन व्यवसायीहरूको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरूले दुई देशीय पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमको अझ बढी महत्त्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया