सत्ता गठबन्धन र मन्त्रीहरु परिवर्तन भए पनि लगानी सम्मेलनको तयारीमा कुनै असर नपरेको बोर्डको भनाइ

 फागुन २७, २०८० आइतबार ९:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सत्ता गठबन्धन र मन्त्रीहरु परिवर्तन भए पनि लगानी सम्मेलनको तयारीमा कुनै असर नपरेको लगानी बोर्डले जनाएको छ । आउँदो वैशाखको १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ ।वैदेशिक लगानी भित्र्याउन यो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएकै कारण लुम्बिनीमा हुन ठिक्क परेको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको थियो ।

९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भए पनि अन्तिम समयमा सम्मेलन स्थगित हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको छ । तर लगानी सम्मेलनको तयारीमा भने कुनै समस्या नरहेको लगानी बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सरकारको प्राथमिकतामा परेको र नियमित कार्यक्रम भएकाले सत्ता गठबन्धन र मन्त्रीहरु फेरिँदैमा सम्मेलनको तयारीमा कुनै असर नपरेको उहाँको भनाइ छ । लगानी सम्मेलन प्रधानमन्त्री प्रचण्डको उच्च प्राथमिकतामा रहेको र मन्त्रीहरु फेरिए पनि प्रधानमन्त्री उहाँ नै रहेकाले तोकिएको समयमै सम्मेलन हुनेमा कुनै समस्या र द्विविधा नरहेको उपाध्यायले जानकारी दिनुभयो ।

सम्मेलनमा १ सय २८ वटा परियोजना सोकेसमा राख्ने तयारी छ । बोर्डले गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, ज्याकमासहित विश्वका १७ जना ठूला धनाढ्यलाई निम्ता पठाइसकेको छ । विभिन्न देशका दूतावासमार्फत बोर्डले झन्डै २ हजार जना लगानीकर्तालाई बोलाउने तयारी गरेको छ ।  सम्मेलनका लागि विभिन्न समिति बनेर काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया