सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुँदै

 फागुन २८, २०८० सोमबार ९:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता आज बिहान ११ बजे  फेरि हुने भएको छ । हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता  विनानिष्कर्ष टुङ्गिएको थियो । हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताउनु भयो ।

त्यस्तै सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले सरकार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुरहरुको समस्या समाधान गर्न आयोग गठन गर्न सहमत भएको जानकारी दिनु भयो । आजको वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने उहाँले बताउनु भयो ।

मिटरब्याजपीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका हुन् । उनीहरु ४२ दिनदेखि निरन्तर सडक आन्दोलनमा रहेका छन।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया