बाँकेका विभिन्न गाँउपालिका औलो रोगको उच्च जोखिममा

 फागुन २८, २०८० सोमबार १३:१:४५ | रासस
unn.prixa.net

काठमाण्डौ – बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएपछि उच्च सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८०  जना औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिनुभयो ।

यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आर्थिक वर्ष  २०८०/०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच/पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताउनुभयो ।

जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । डुडुवा गाउँपालिकाले विभिन्न टोलमा घरधुरी सर्भेक्षण शुरु गरेको जनाएको छ ।

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो ।

स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमुना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया