जिल्ला अस्पताल खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माणको काम ठप्प

 फागुन २८, २०८० सोमबार १३:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जिल्ला अस्पताल खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माणको काम ठप्प भएको छ।निर्माण कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी काठमाण्डौले गएको पुस २४ गतेसम्ममा सक्नुपर्ने अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प भएको हो ।

गएको पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प भएको जिल्ला अस्पताल खोटाङका डा रुपेश संग्रौलाले बताउनुभयो । जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शय्याको जिल्ला अस्पतालका लागि ५० शय्याको भवन निर्माण शुरु गरिएको थियो ।

शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत २२ करोड ९० लाख ४७ हजार रुपैयाँमा अस्पताल भवनको ठेक्का लागेको थियो । अस्पताल भवन निर्माणको काम किन ठप्प भएको हो भन्ने कारण ठेकेदार कम्पनीले अझै नखुलाएको अस्पताल प्रशासनकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया