नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

 फागुन २८, २०८० सोमबार १३:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न शुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको प्रतिक्रिया सङ्कलनको लागि कार्यालय परिसरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

इन्टरनेटको माध्यमबाट कार्यालयका सबै शाखा तथा सूचना बोर्डमा टाँस गरिएका क्युआर कोड स्क्यान गरेपछि  देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया