इन्डोनेसिया : उडिरहेको विमानका दुवै जना पाइलट झन्डै आधा घण्टा निदाएको प्रतिवेदन सार्वजनिक

 फागुन २८, २०८० सोमबार १५:१९:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्डोनेसियामा उडिरहेको एउटा विमानका दुवै जना पाइलट झन्डै २८ मिनेटसम्म निदाएको प्रतिवेदन सार्वजनिक भएको छ । सुलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए ३२० उडानका दुवै जना पाइलट निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै जना पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ । झन्डै २८ मिनेटसम्म दुवै जना पाइलट निदाएको भए पनि पछि विमान सकुशल अवतरण भएको थियो । विमानमा एक सय ५३ जना यात्रु र चालक दलका सदस्य थिए ।

गएकाे जनवरी २५ तारिखमा भएको घटनापछि दुवै जना पाइलट निलम्बनमा परेका छन् । घटनामा ३२ वर्षका लिड–पाइलटले आफूलाई आरामको आवश्यकता परेको भन्दै विमानको हेरविचार गर्न भनेका र लगत्तै २८ वर्षका को–पाइलट पनि निदाएका यातायात मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जवाफ नभएपछि घटनाबारे थाहा भएको थियो । पछि लिड–पाइलट बिउँझिदा को–पाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएपछि उनले विमानलाई सकुशल बाटोमा फर्काएर अवतरण गराएका थिए ।

उडानभन्दा अघिको स्वास्थ्य परीक्षणमा दुवै जना पाइलटको रक्तचाप र मुटुको गति सामान्य र जाँड–सक्सी नखाएको पाइएको पनि प्रतिवेदनमा भनिएको छ । घटनाबारे छप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया