कुसुन्तीमा लिफ्टसहितको आकाशे पुलको शिलान्यास

 फागुन २८, २०८० सोमबार १५:३२:३१ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नम्बर १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ ।

एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ झन्डै पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाको चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न हुने अपाङ्गमैत्री आकाशे पुलको महानगरका मेयर चिरीबाबु महर्जनले आज विशेष पूजासहित शिलान्यास गर्नुभएको हो ।

आकाशे पुल निर्माणका लागि निर्माण व्यवसायी लामा/प्रगति/मणि/बुद्ध जेभीले महानगरसँग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्कामा लिएको महानगरका वरिष्ठ डिभिजनल इन्जिनियर प्रदीप पौडेलले जानकारी दिनुभयो । यो आयोजनाको परामर्शदाता डिबी मल्टी इन्जिनियरिङ प्राइभेट लिमिटेड रहेको छ । पुलको पाँच वर्षसम्मको मर्मत निर्माण व्यवसायीले नै गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा महानगरका मेयर महर्जनले महानगरपालिकाले नयाँ–नौलो काम गर्न रुचाउने बताउँदै यो सम्भवतः नेपालमै पहिलो भएको बताउनुभयो । यो क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । महानगरवासीलाई बचाउनका लागि यो काम गर्न धेरै मेहनत गर्नुपर्‍याे । अब पुल निर्माणका क्रममा कुनै पनि तहबाट बाधा व्यवधान हुँदैन भन्ने प्रतिबद्धता जनाउँछौँ । निर्माण व्यवसायी, परामर्शदाताबाट पनि यो काममा कुनै विलम्ब नहोस्, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया