प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिन कांग्रेसको 'ह्विप'

 फागुन २८, २०८० सोमबार १४:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न 'ह्विप' जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले 'ह्विप' जारी गर्नुभएको हो । कांग्रेसले जारी गरेको 'ह्विप' मा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

अहिले सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया