साइकल यात्रीलाई ठक्कर दिने बसलाई सर्लाहीका स्थानीयले जलाइदिए

 फागुन २८, २०८० सोमबार १५:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीमा बसले साइकल यात्रीलाई ठक्कर दिएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाइदिएका छन् ।

नवलपुरबाट मलङ्गवातर्फ गुडिरहेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० सलेमपुर घर भएका ५५ वर्षका सजुगल महतोलाई आज बिहान ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सजुगललाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया