रास्वपाले प्रतिनिधि सभामा मात्रै उम्मेदवार उठाउने, प्रदेशमा उम्मेदवारी नदिने

 फागुन २८, २०८० सोमबार १८:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपचुनावमा भाग लिने निर्णय गरेको छ ।

आज सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले आउँदाे वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ–१ को उपचुनावमा भने पार्टीले भाग नलिने निर्णय गरेको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले उपचुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरेको महामन्त्री ढकालले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्ता गठबन्धनमा आबद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया