८ महिनामा ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन, लक्ष्यकाे ४५ प्रतिशतभन्दा पनि कम

 चैत १, २०८० बिहिबार १८:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — सरकारले गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कुल लक्ष्यको ४४ दशमलव ९२ प्रतिशतमात्रै हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ ।

यस्तै सरकारले फागुन मसान्तसम्म सङ्कलन हुने भनी तोकिएको लक्ष्य आठ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा दुई खर्ब २५ अर्ब रुपैयाँ कममात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिना बितिसक्दा पुँजीगत खर्च २६ दशमलव ८९ प्रतिशतमात्र भएको छ । आठ महिनामा ८१ अर्ब २१ करोड रुपैयाँमात्र पुँजीगत खर्च भएको छ । चालु खर्च भने ५० दशमलव ९८ प्रतिशत भएको छ ।

समग्र सार्वजनिक खर्च आठ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजन लक्ष्यको तुलनामा ४५ दशमलव शून्य आठ प्रतिशत हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

आठ महिनामा सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ३८ अर्ब रुपैयाँले धेरै भएको छ । खर्चका लागि सरकारले ऋण लिनुपरेको छ । एकातिर आम्दानी घटेको छ भने पुँजीगत खर्च नहुँदा यो वर्ष पनि आर्थिक वर्षको अन्त्यतिर हुने विकासको कामले निरन्तरता पाउने देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया