जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार वटा अस्थायी आवास निर्माण

 चैत ३, २०८० शनिबार १८:३०:९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुमपश्चिम — गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको पाँच महिनामा जिल्लाभर २९ हजार सात सय ६४ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

दुई हजार एक सय ९२ वटा अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय जना लाभग्राहीले २५ हजारका दरले ७८ करोड २५ लाख रुपैयाँ रकम पाएका छन् ।

स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ जना लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ जना लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया