गुल्मीकाे सिर्सेनीका किसान मकै र कोदो लगाउन छोडेर कफी खेतीतर्फ

 चैत ४, २०८० आइतबार १८:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा परम्परागत कृषि पेसा अगाँल्दै आएका किसान कफी खेतीमा लागेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी तोरेटाका किसानले बारीमा मकै र कोदो लगाउन छोडेर कफी खेती शुरु गरेका हुन् । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले किसानलाई व्यावसायिकरूपमा कफी खेती गर्न उत्प्रेरित गरेको हो । 

परम्परागत खेती लगाउँदा बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आएकोमा कफी खेती लगाएपछि सहज भएको किसानले बताएका छन् । सिर्सेनीका किसानले तीन वर्षअघि नै ‘तीनधारे कफी उत्पादन कृषक समूह’ गठन गरेका थिए । समूहमा आबद्ध किसानले ५० देखि दुई हजार वटासम्म कफीका बोट लगाएका छन् ।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफी खेतीको विस्तारका लागि कार्यालयको तर्फबाट बिरुवा, मल, सिँचाइका साथै छहारीका लागि नेटजाली लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । यस्तै कफी पाठशाला सञ्चालन गरेर किसानलाई कफीको व्यावसायिक र प्राविधिक ज्ञान दिने गरेको उहाँको भनाइ छ ।

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । गुल्मीमा गएको वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकोमा आठ टन ‘ग्रीन बिन’ तेस्रो देशमा निर्यात भएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया