राैतहटकाे ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 चैत ५, २०८० सोमबार १५:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

ईशनाथ–५ को श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र मूल्याङ्कन विपरीतको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गुप्तासहित नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

तत्कालीन इन्जिनियर सौरभले कार्यसम्पादन प्रतिवेदनमा सम्झौताको दरभन्दा बढी कायम गरी ८६ हजार छ सय ४७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यसैगरी अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय खर्च भएको देखिए पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दुई लाख ३५ हजार आठ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियारले जनाएको छ । आयोगकाअनुसार तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० खर्च देखाउनुपर्नेमा १६ लाख ५३ हजार ५० रुपैयाँ खर्च लेखेका थिए ।

अख्तियारले इन्जिनियर सौरभसँग ८६ हजार छ सय ४७ रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत गुप्तासँग दुई लाख ३५ हजार आठ सय ९५ र प्रधानाध्यापक अख्तरसँग तीन लाख तीन हजार सात सय ९७ रुपैयाँ बिगो माग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया