सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

 चैत ६, २०८० मंगलबार ९:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्ता गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो । सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा न्यूनतम कार्यक्रममा आर्थिक विकास र समृद्धि, अर्थतन्त्रमा अहिले देखिएका चुनौती तथा समाधान, नागरिक हितका विषयलाई प्राथमिकतामा राखिएको छ ।

न्यूनतम साझा कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरु विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरु पनि समेटिएका छन् । गएको फागुन २१ मा सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवम् उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो ।

कार्यदलले गएको शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान शीर्ष नेतालाई हस्तान्तरण गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया