नेपाली महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाको सन्यास

 चैत ६, २०८० मंगलबार १०:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाले सन्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् । उनी नेपाली महिला क्रिकेट टोलीको पहिलो कप्तान पनि हुन् ।

उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया