गृहमन्त्रीमाथि छानबिनका लागि समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

 चैत ७, २०८० बुधबार १५:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो ।

उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद बैठक अबरुद्ध गर्ने चेतावनी पनि दिनुभयो । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका र पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले पनि सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना भएको देखाएकोले छानबिन आबश्यक भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रतिनिधि सभाको बैठकमा लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गर्नुभएको थियो । त्यसमा आपत्ति जनाउँदै सांसद न्यौपानेले सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया