अमेरिकाको टेक्सस राज्यमा आप्रवासनबारेको विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

 चैत ८, २०८० बिहिबार ६:३४:७ | एजेन्सी
unn.prixa.net

संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो ।

त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको बीबीसीले जनाएको छ । यो कानुनलाई अहिलेसम्म अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ । यस कानुनले टेक्सासका अधिकारीहरूलाई  गैरकानुनी रूपमा देशमा प्रवेश गरेका जो कोहीलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिनेछ ।

यसैबीच, टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ । जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्च सङ्ख्याले बढेको खबरमा उल्लेख छ ।

आउँदो नोभेम्बर महिनाको राष्ट्रपतिय चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ । आप्रवासन सम्बन्धी कानुन कहिले र कसरी लागू हुने वा नहुनेबारे कुनै टुङ्गो लागेको छैन । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया