काठमाण्डौबाट रसुवाको ठूलो स्याफ्रुसम्म जिप सञ्चालन, गोसाइँकुण्ड जानसमेत  सहज

 चैत ८, २०८० बिहिबार ८:५७:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

रसुवा – काठमाण्डौबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप हरेक दिन बिहान साढे ७ बजे काठमाण्डौबाट ठूलो स्याफ्रुका लागि छुट्ने र त्यही समयमा ठूलो स्याफ्रुबाट काठमाण्डौका लागि छुट्ने समय निर्धारण गरिएको मिनी गोसाइँकुण्ड यातायात समितिले जनाएको छ ।

यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवम् लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने समितिका सदस्य साधुराम खड्काले जानकारी दिनुभयो । यसअघि भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबल हुँदै ठूलो स्याफ्रु पुग्न  दिनभर लाग्ने गर्दथ्यो ।

स्थानीय तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत  सहज भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया