अमेरिकामा विद्युतीय गाडी उत्पादन बढाउनकाे लागि कडा नियम घोषणा

 चैत ८, २०८० बिहिबार ९:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गर्नुभएको छ । उहाँले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा नियम घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । यो नियममा २०३२ सम्ममा ५६ प्रतिशत अमेरिकी विद्युतीय गाडी बिक्री वितरण गरिसक्ने लक्ष्य समावेश गरिएको खबरमा उल्लेख छ ।

लक्ष्य भेट्न सफल भएमा अमेरिकाको विद्युतीय गाडी उद्योगको क्षेत्रमा अहिलेको स्तरबाट ठूलो वृद्धि हुनेछ । यसअघि गएको वर्षदेखि नै विद्युतीय कार उत्पादकहरुलाई छुटको व्यवस्था गरिएको थियो । बाइडेनको प्रशासन कार्यालयले ग्रहको तापक्रम बढाउने  ग्यास उत्पादनमा नाटकीय रूपमा कम गर्ने उद्देश्यले विद्युतीय गाडी उत्पादन तथा बिक्रीवितरणको लक्ष्य बढाइएको जनाएको छ ।

राष्ट्रपतिले घोषणा गर्नुभएको पछिल्लो नियमले आउँदो ३० वर्षमा ७ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जनलाई रोक्न मद्दत गर्ने वातावरणीय संरक्षण एजेन्सीले जनाएको छ । वातावरणीय क्षेत्रका समूहहरूले राष्ट्रपतिको यो कदमलाई उपायलाई स्वागत गरेका छन् । अमेरिकाले २०३५ देखि पेट्रोलबाट चल्ने सबै कारको बिक्रीमा प्रतिबन्ध लगाउने  तयारी गरिरहेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया