सुन तस्करी प्रकरणमा पक्राउ परेका महरासँग आज पनि बयान लिइँदै

 चैत ८, २०८० बिहिबार १२:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन शुरु भएको छ । गएको सोमवार पक्राउ गरिएका महरामाथि हिजोदेखि बयान लिन शुरु भएको र आज पनि बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ ।

महरालाई सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज सकिने भएकाले बयान र अनुसन्धान नसकिए फेरि म्याद थप गर्ने तयारी छ ।

गएको साउन २ गते स्कुटरकाे 'ब्रेक शु' मा लुकाएर ल्याएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याएको नाै किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ । यस प्रकरणमा महराका छोरा राहुल गएको भदौ १३ गते नै पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया