५ वर्षमा ५ खर्ब रुपैयाँको सफ्टवेयर निर्यात गर्न सरकारले सहजीकरण गर्दैछ : अर्थमन्त्री

 चैत ८, २०८० बिहिबार १५:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अर्थमन्त्री वर्षमान पुनले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्नका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री पुनले गएको आर्थिक वर्षमा मात्रै ७६ अर्ब रुपैयाँ बराबरको सफ्ट्वेयर निर्यात भएको भन्दै आईटी क्षेत्रलाई सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले युवालाई देशभित्र स्वरोजगार बनाउने र विदेश पलायन हुनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरू ल्याउने दाबी गर्नुभयो । आउँदो पाँच वर्षमा नेपालले पाँच खर्ब रुपैयाँ बराबरको सफ्टयेर निर्यात गर्नसक्ने अवस्था रहेको र त्यहीअनुसार आईटीमा लगानी गर्ने योजना रहेको अर्थमन्त्री पुनले बताउनुभयो ।

आईटी क्षेत्रले युवा विदेश पलायन हुने डरलाग्दो अवस्थालाई रोक्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्ररुपमा निर्यात गर्नसक्ने भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । सरकारले आईटी क्षेत्रबाहेक कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर समय अनुकूल सुधार गर्ने अर्थमन्त्रीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया