भागबन्डाका आधारमा राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त

 चैत ८, २०८० बिहिबार १५:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले चार जनालाई राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको रिक्त सदस्यमा संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक डाक्टर शिवराज अधिकारी र डाक्टर अरनिकोकुमार पाण्डे नियुक्तलाई नियुक्त गरेको हो । डाक्टर अरनिकोकुमार पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुनुहुन्छ । अरू तीन जना एमाले निकट हुनुहुन्छ ।

यस्तै बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रवक्ता रेखा शर्माले सरकारले रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सात जना कोरियाली र तीन जना नेपाली गरी १० जना पर्वतारोहीलाई जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने पनि निर्णय भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया