अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट

 चैत ८, २०८० बिहिबार १८:२१:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा उल्लेख छ ।

कान्धार तालिबानको सत्ताको केन्द्र हो जुन तालिबानको सर्वाेच्च कमान्डरको आधार क्षेत्र पनि हो । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा सुधारमा आएको भए पनि हरेक वर्ष दर्जनौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया