दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

 चैत ९, २०८० शुक्रबार ६:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको  हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ गर्नुअघि ईडीको टोलीले केजरीवालसँग दुई घण्टा लामो सोधपुछ गरेको थियो । निर्देशनालयले दिल्लीको रक्सीसम्बन्धी नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो ।

यसअघि बयानका लागि पटक–पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन् । आम आदमी पार्टीका केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका खबरमा उल्लेख छ ।

यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया