पहिलो पटक जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण

 चैत ९, २०८० शुक्रबार १८:४२:१६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका बीबीसीले जनाएको छ ।

जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात दिमागको मृत्यु भएर शारीरिक प्रतिक्रिया मात्रै बाँकी रहेको अवस्थाका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।

यस पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र  बिरामी केहीदिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालले दावी गरेको छ ।

डायलासिसले मानिसलाई जीवित राख्ने भए पनि सबैभन्दा उत्तम उपाय अंग प्रत्यारोपण नै हो । तर अंगको अभावका कारण बर्सेनि हजारौं बिरामीले मिर्गौलाको पर्खाइमा ज्यान गुमाउने गरेका छन् ।

जनावरका अंग मानिसमा प्रत्यारोपणबारेमा दशकौंदेखि प्रयास भए पनि सफल भएको छैन । पछिल्ला वर्षमा जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिले यसलाई वास्तविकताको नजिक पुर्‍याएको छ । जिन सम्पादन गर्दा अंगको सम्भावित अस्वीकृतिमा संलग्न जिन हटाउने र अनुकुलता बढाउन मानव जिन राख्ने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया