रुसमा कन्सर्ट हलमा भएको आक्रमणमा ६० जनाको ज्यान गयो

 चैत १०, २०८० शनिबार ९:४४:१३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसमा एउटा कन्सर्ट हलमा भएको आक्रमणमा परी कम्तीमा ६० जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै घाइते भएका छन् । यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।

रुसी मानव अधिकार आयोगले यो आक्रमणलाई ‘आतंकवादी हमला’ भनेर टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कन्सर्टअघि हलभित्र प्रवेश गरेका हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाएका थिए । हल रहेको भवनमा आगलागी भएको छ ।

भवनमा अरू धेरै मानिस फसेका हुनसक्ने अनुमान छ । इराक र सिरीया सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत् घटनाको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया