रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र

 चैत १२, २०८० सोमबार १५:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको बुंगमतीमा रहेको रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणको कार्य त्यसै वर्ष माघमा शिलान्यास गरी शुरु भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।

२०७७ साल असार १५ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको निर्णयअनुसार उपभोक्ता समितिबाट पुनर्निर्माण कार्य सम्झौता भयो । यसअघि विभिन्न ठेकेदारले पुनर्निर्माणको जिम्मा लिए पनि बीचैमा छोडेका थिए । श्रीलङ्काली सरकारको आर्थिक सहयोगमा तीन करोड आठ लाख रुपैयाँ लागतमा २०७८ साल असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष सागर तुलाधरका अनुसार यसअघिको समयावधिमा पुनर्निर्माण कार्यको जिम्मा ठेकेदारले लिए पनि के कति रकम खर्च भयो भन्ने आधिकारिक जानकारी छैन । प्राथमिकतामा परेको मन्दिरको पुनर्निर्माणको काम अहिलेसम्म पनि सम्पन्न नहुँदा नियमितरुपमा हुने स्थानीय जात्रा, पर्वमा असर पर्ने गरेको छ ।

ऐतिहासिक एवम् धार्मिक महत्वको रातो मछिन्द्रनाथ छ महिना ललितपुरको तःबहाल र छ महिना बुंगमतीमा रहँदै आएको छ । हरेक वर्ष ललितपुरको पाटनबाट र १२ वर्षमा एक चोटी बुंगमतीबाट भोटो देखाउने जात्रा सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया