सिरहा सुन प्रकरण अपडेट : वडाध्यक्षसहित थप तीनजना आराेपितहरु पनि सार्वजनिक

 पुस २८, २०७५ शनिबार १९:४१:१५ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा - सिरहामा अवैध सुनसहित पक्राउ परेकालाई सार्वजनिक गर्न दिउँसाे आयाेजित पत्रकार सम्मेलनमा तीनजना आराेपितहरुमात्र सार्वजनिक गराए पनि प्रहरीले पछि बाँकी तीनजनालाई पनि सार्वजनिक गरेको छ । 

प्रहरीले पत्रकार सम्मेलनमा ३ जनालाई मात्रै पक्राउ गरेको जिकिर गरे पनि पछि थप तीनजना लाई सर्वाजनिक गरेको हाे । पछि सार्वजनिक गरिएकाहरुमा लहान-१९ का ४२ वर्षका मोहमद हकिम राइन वर्षिय, २४ वर्षका मोहमद रहमान राइन र सप्तरीकाे खडक नगरपालिका-३, १८ वर्षका मोहमद अफ्रोज राइन छन् ।

पक्राउ परेका मोहमद हकिम राइन वडा नम्बर-१९, वडाध्यक्ष हुन् । प्रहरीले पत्रकार सम्मेलनमा पहिला ३ जनामात्र सार्वजनिक गरेपनि पछि हकिमसहित थप ३ जना सहितको फोटो सार्वजनिक गरेको थियो । 

प्रहरीको यो रवैयाले भने घटनालाई झन श‌कास्पद बनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया