भाेजपुरमा पहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

 भदौ १४, २०७६ शनिबार १४:४१:२७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई भोजपुर हातेमालो सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ ।

समाजले दुबईमा सहयोग अभियान चलाएर १ लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । समाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतबहादुर राईको परिवारलाई २५ हजार ९ सय ७९ र रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङमा ज्यान गुमाएका एकै घरका ३ जनाको परिवारलाई ५२ हजार ७ सय ७५ रुपैयाँ सहयोग गरेको समाजका बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो । 

त्यस बाहेक साउदी अरेबियाबाट सुदिप बस्नेतले पठाएको १५ हजार ४ सय ५५ रुपैयाँ समेत पीडितहरुलाई प्रदान गरिएकाे थियाे ।

समाजले रकम संकलनका लागि ३ जनाको संयोजकत्वमा समिति गठन गरेको थियो । जस अनुसार दुबई क्षेत्रमा केन्द्रीय सचिव दिपक थापा, अलेएन क्षेत्रमा हेम भण्डारी र आबुधाबी क्षेत्रमा महासचिव रामकुमार तिरुवालाई संयोजकको जिम्मेवारी दिइएको समाजले जनाएको छ । समाजको बैठकले उत्कृष्ट काम गरेको भन्दै संयोजक तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

रकम रामप्रसाद राई गाउँपालिकाका मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष विजय राई र टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बिहीबार हस्तान्तरण गरेको समाजका केन्द्रीय अध्यक्ष भिम थापाले जानकारी दिनुभयो । गएकाे असारमा परेको अरिवल वर्षाका कारण रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ गाउँपालिकामा एक जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया