पूर्वी पहाडका खोलामा आउन छाडे रैथाने ‘तिते माछा’

 भदौ २०, २०७६ शुक्रबार २०:४६:४२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पूर्वी पहाडका खोलाहरुमा पाइने रैथाने तिते माछा हिजाेआज पाइन छाडेका छन् । खाँदा केही तितो स्वाद आउने भएकाले यो माछालाई तिते माछा भनिएको हो ।

पाँचथर जिल्लाको उतरपूर्वी इङ्वाखोला, मेवा खोला, खोरङ्गा खोला, हेंवा खोला र काबेली लगायतका खोलाहरुमा पाइने तितेमाछा पछिल्लो समय पाउन छाडेका हुन् । हरेक वर्ष सिजनमा टेन्डर प्रक्रियाबाट मारिदै आएको तितेमाछा विगत २ वर्ष देखि आउन छाडेको पाँचथर याङवरक–२ का समिर वेघा लिम्वूले वताउनुभयो ।

खोलामा अनधिकृत रुपमा करेन्ट लगाएर माछा मार्नु, सडक खन्ने क्रममा मुल पुरिनु, ठूलाठूला बाढी–पहिरो जानुजस्ता कारणले तिते माछाको अस्तित्व संकटमा पर्न थालेको स्थानीयहरु बताउँछन् ।

२ वर्ष अघिसम्म झण्डै ५ सय केजी तितेमाछा मारिने गरिएकोमा यसवर्ष सिजन सकिन लाग्दा पनि तितेमाछा अण्डा पार्न मूलतिर नआएका स्थानीयले बताएका छन् ।

जेठदेखि भदौ महिनासम्म तितेमाछाले अण्डा पार्ने सिजन हो । फुल पारेर पर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । पाँचथरको याङवरकमा २०३० सालदेखि ठेक्का आह्वान गरेर तितेमाछा मारिँदै आएको थियो ।

गएकाे वर्ष पनि गाउँपालिकाले ७० हजारको ठेक्का आह्वान गरेकोमा कोही पनि ठेक्का हाल्न नआएको गाउँपालिकाले जनाएको छ । तितेमाछा मासिँदै गएपछि खोलामा जथाभावी करेन्ट लगाउन कडाइ गरिएको याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया