हेलिकोप्टरमार्फत बैतडीमा एक सुत्केरीकाे उद्धार

 कात्तिक १२, २०७६ मंगलबार १८:३३:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको दुर्गम सिगास गाउँपालिकामा सोमबार एक सुत्केरीको महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २३ वर्षीया सुत्केरी महिला धाना साउँदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याइएको हो ।

धाना सुत्केरी व्यथा लागेपछि सोमबार बिहान ६ः४५ बजे स्थानीय प्रसूति सेवा केन्द्र लेकममा पुग्नुभएको थियो । त्यसपछि बिहान ९ बजेर ५० मिनेटमा प्रसूति सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएको थियो । सुत्केरी भएपछिको रक्तश्राव नरोकिएपछि धाना साँउदलाइ राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

सुत्केरी भएपछि महिलाको अत्यधिक रक्तश्राव भएको खबर सुनिसकेपछि हेलिकोप्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । साउँदको ४ बजेर ३० मिनेटमा लेकमबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको सुत्केरीको साथमै रहनुभएका प्रसूति सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहरा साउँदले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया