बैतडीका ७२ वडा सचिवविहीन, सेवाग्राही मर्कामा

 कात्तिक १९, २०७६ मंगलबार ७:४७:४३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका पालिकाहरुमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । ८४ वडा रहेको बैतडीमा ७२ वडा कार्यालय सचिवविहीन बन्दा अहिले प्राविधिक सहायक कार्यालय र सामाजिक परिचालकमार्फत वडाको काम भैरहेको छ । 

बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र निकै दुर्गम मानिने सिगास गाउँपालिकाका वडा कार्यालय सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा सानोतिनो कामको लागि पनि नगरपालिका नै जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो गरेका छन् । 

देशकै दशौँ नमुना शहरमा परेको पाटन नगरपालिकाका १० वडामध्ये ७ वडा सचिवविहीन रहेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । 

त्यस्तै डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये एउटा वडामा मात्रै सचिव रहेको गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो । यता दोगडाकेदार गाउँपालिकाका २ वडामा मात्रै सचिव रहेका र ६ वडा सचिवविहीन रहेको गाँउपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । 

पुरचौँडी नगरपालिकामा पनि एक वडामा मात्रै सचिव रहेको र बाँकी वडाहरु सचिवविहीन छन् । नगरपालिकाका १० वडामध्ये ९ वडामा अहिले प्राविधिक सहायकले काम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । यसरी वडामा सचिव नहुँदा सेवाग्राहीहरुलाई निकै सकस भैरहेको पुरचौँडी ४ का चन्द्रदेव भटट्ले भन्नुभयो । 

त्यस्तै ८ वडा रहेको सुर्नया गाउँपालिकाका एउटा वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको र जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये ४ वटामा मात्रै सचिव छन् । 

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको पाटन ३ का कृष्ण पन्तले बताउनुभयो ।

कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहिन भएका हुन् । आफूले चुनेका जनप्रतिनिधिहरु पालिकामा आएपछि काम गर्न सजिलो होला भन्ने आस गरेका नागरिकहरुमा निराशा पैदा हुन थालेको छ । वडाबाट पाउने सेवा कर्मचारीको अभावमा नपाउँदा स्थानीयहरु रुष्ट देखिएका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया