अपडेट : जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो

 साउन २, २०७५ बुधबार १५:५३:४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – सिस्ने गाउँपालिका जीप दुर्घटना परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा पल्टिएको हो । घाइते तथा मृतकको पहिचान खुल्न बाँकी रहेकाे छ। दुर्घटनामा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । 

जीप सडकबाट खसेको प्रहरीले जनाएको छ । वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया