१३औँ साग : ५ हजार मिटर दाैडमा गाेपीले दिलाए नेपाललाई स्वर्ण

 मंसिर २०, २०७६ शुक्रबार १०:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते ।

जारी सागमा नेपालले एथ्लेटिक्समा दाेस्राे स्वर्ण जितेकाे हाे । यसअघि सन्ताेषी श्रेष्ठले महिला १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । याेसँगै जारी सागमा नेपालले स्वर्ण पदककाे संख्या ३७ पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया