अब पासवर्ड ह्याक भयाे भने 'गूगल क्राेम'ले सूचना दिन्छ !

 मंसिर २६, २०७६ बिहिबार ७:५७:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – 'गूगल क्रोम' ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।  

गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको प्रयाेगकर्ता नाम र पासवर्ड कम्प्रोपाइज्ड (सहजै अनुमन गर्न सकिने) छ र तपाईँ कुनै बेवसाइटमा जाँदै हुनुहुन्छ भने गूगल क्रोमले तपाईँलाई आग्रह गर्नेछ । यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा मद्दत गर्नेछ ।’

कार्यकारी निर्देशक पिचाईका अनुसार 'रियल टाइम फिशिंग प्रोटेक्सन'मा पनि सुधार गरिदैँछ । कुनै द्वेषपूर्ण साइटमा जाँदा प्रयोगकर्ताले सूचना पाउनेछन् । 

क्रोम सेटिंगमा गएर 'सिंक अप्सन' छनोट गर्न सकिन्छ । यद्यपि यो विशेषता ती सबै प्रयोगकर्तालाई जारी गरिएको हो, जसले क्रोममा सेफ ब्राउजिंग प्रोटेक्सनअनुसार साइन इन गरेका छन् । 

गूगलले यो प्रविधिलाई सबैभन्दा पहिले पासवर्ड चेकअप एक्स्टेन्सन (पासवर्ड जाँच विस्तार) को रुपमा सुरु गरेको थियो । अब यही विशेषतालाई विस्तार गर्दै कम्पनीले यसलाई गूगल क्रोमको पासवर्ड प्रोटेक्सनको लागि पेस गरेको हो ।  

यहाँ क्लिक गर्नुस्

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Keshav lama

    Dec. 12, 2019, 8:11 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया