ससुरालीमा जग्गा किन्न राखेकाे पैसा हात पार्न सालाेकाे अपहरण

 भदौ १२, २०७७ शुक्रबार १७:६:१८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा एक व्यक्तिले नाबालक सालाेको अपहरण गरेका छन् । प्रहरीले अपहरित बालकको उद्धार गर्दै भिनाजुलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

गएकाे भदौ ९ गते बाँकेको खजुरा गाउँपालिका ५ उढरापुरको रजनवा गाउँमा मोहरमको रमाइलो हेर्न पुगेका १३ वर्षीय इसहार जाकिर भन्ने इन्तजार खाँ अपहरणमा परेका हुन् । उनलाई उनका भिनाजु नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षीय कल्लु भन्ने कलिम खाँले अपहरण गरी नेपालगञ्जमा रहेकाे आफ्नाे घरमा बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा अभियुक्त खाँलाई सार्वजनिक गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भे ४ प २३४४ नम्बरको सुजुकी मोटसाइकलमा बालकलाई उढरापुरबाट नेपालगञ्जको जयसपुर पुर्‍याइएकाे जानकारी दिनुभयो ।

जग्गा खरिदका लागि ससुराले चार लाख ८५ हजार रुपैयाँ नगद घरमा राखेको अभियुक्त कल्लुले थाहा पाएपछि सालाको अपहरण गरेका हुन् । अपहरणपछि बालकलाई दुई दिनसम्म जयसपुरकाे घरमै राखेको र पछि अरुले थाहा पाएको र प्रहरीले खोजी गर्दै जाँदा भदौ ११ गते जानकी गाउँपालिका ५ बुढियागाउँमा बालकलाई फुपूको घरमा छोडिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया