कोरोनाको प्रभाव कम गर्न संगित प्रशिक्षण

 असोज ४, २०७७ आइतबार ११:४५:५० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - कोरोनाका कारण विद्यालय बन्द भएपछि स्याङ्जाका केही विद्यार्थी संगित सिक्न व्यस्त रहेका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर १ मा रहेको रामनदी धाम संस्कृत गुरुकुलका विद्यार्थी कोरोनाको प्रभाव कम गर्न भन्दै संगितको प्रशिक्षण लिँदै आएका छन् । मारुन एकेडेमी अफ प्रफर्मिङ्ग आर्टस वालिङको सहयोग तथा रामनदीधाम गुरुकुलको समन्वयमा एक हप्ते संगित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । 

विद्यार्थीमा कोरोनाको प्रभाव कम गर्न र संगित ज्ञान दिने उद्देश्यले संगित पाठशाला सञ्चालन गरिएको गुरुकुलका प्राचार्य कृष्णप्रसाद बस्याँलले जानकारी दिनुभयो । विद्यार्थीहरु पूर्वीय दर्शनामा आधारित शास्त्रीय संगित र पश्चिमी  शास्त्रीय संगितका विविध क्षेत्र गायन, गितार, हार्मोनियम, मादल तथा बासुरीलगायतको प्रशिक्षणमा व्यस्त रहेका एकेडेमीका प्रमुख एवं संगित गुरु पवन अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरु घरमै बस्दा मोबाइल तथा मोबाइलमा हुने गेमको लतमा भुलेपछि संगित कक्षा सुरु गरिएको व्यवस्थापक अधिकारीले बताउनुभयो । प्रशिक्षण कार्यक्रमा ४० जना बटुकहरुको सहभागिता रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया