१ सय ३२ केभी प्रसारण लाइनको फुदबांग सब स्टेशन उद्घाटन

 चैत १२, २०७८ शनिबार १८:१८:१० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्कमा  १ सय ३२ केभी प्रसारण लाइन आयोजनाको फुदबांग सब स्टेशनको उद्घाटन गरिएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क , गोरुसिंगे १ सय ३२ केभी प्रसारण लाइनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सन्धिखर्क नगरपालिका ६ फुदबांगमा  उद्घाटन गर्नु भएको हो  ।  

सब स्टेशनबाट अर्घाखाँची, प्युठान गुल्मी  र प्युठानका एक लाख बढी ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने छन् । 

सब स्टेशनको उद्घाटन गर्दै उर्जा जल स्रेत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलीयम पदार्थको मुल्य बढिरहेकाले त्यसको विकल्पमा जल विद्युतको प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

यस्तै, उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक  कुलमान घिसिङले देशका ९५ प्रतिशत स्थानमा विद्युतको पहुँच पुगेको बताउनुभयो । उहाँले १ सय ३२ केभीको यस  प्रसारण लाइनबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङ जिल्लाका स्थानीयहरुले भरपुर विद्युतको सुविधा प्रयोग गर्न सक्ने बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया