मलेसियाबाट फर्केर छाला व्यवसाय सुरु : स्थानीयले पाए रोजगारी

 भदौ १९, २०७९ आइतबार ११:४२:१७ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक – गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया जानुभएका उहाँ अहिले गाउँ फर्केर  स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहनुभएको छ ।

बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउनुहुने उहाँको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् । नब्बे घरको उद्योग व्यवसायको अध्यक्षसमेत बोगटी नै हुनुहुन्छ । बाउबाजेले परम्परागतरूपमा गर्दै आएको व्यवसाय अहिले आधुनिकीकरण गदै नयाँ उपकरणद्वारा सञ्चालन गर्दा झनै राम्रो उत्पादन हुने गरेको अर्का व्यवसायी बालकुमार बस्यालले बताउनुभयो ।

उहाँका अनुसार पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्नुहुन्थ्यो भने अहिले आधुनिक उपकरणद्वारा सामग्री उत्पादन गरिन्छ । अहिले सिन्धुकोटमा चारवटा उद्योग सञ्चालनमा आएका छन् । छाला ब्याग उद्योगमा छालाबाट बन्ने विभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।

परम्परागतरूपमा गर्दै आएको छालाको सामान बनाउने पेशालाई आधुनिक उपकरणद्वारा ब्याग, स्कुलब्याग, ल्यापटप ब्याग, पर्स, बेल्टलगायत सामग्री बनाउन थालेपछि युवाहरूले गाउँमै बसेर मनग्य आम्दानी गरेका छन् । नगरपालिका, सङ्घसस्था, वडा कार्यलयहरूसँग सम्मन्व गरेर काम गरिरहेको अर्का व्यवसायी चुलबहादुर बस्यालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया