पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक: कसकाे प्रतिद्वन्द्वी काे?

 असोज २९, २०७५ सोमबार १६:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पोखरामा हुने पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा कार्तिक ९ गतेबाट हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनका दिन एक खेल हुनेछ । यस्तै दोस्रो दिन शनिबार दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा काठमाडौ रोयल्स र धनगढीबीच खेल हुनेछ ।

तेस्रो दिन आइतबार सन्दिप लामिछाने मार्की रहेको विराटनगरले धनगढीसँग खेल्नेछ ।

धनगढीको मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी रहेका छन् । त्यसैदिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शिर्ष चार टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

कार्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदानलगायत अन्य तयारी अन्तिम चरणमा पुगेको छ । जसका लागि खेलाडीको अक्सन भइसकेको छ भने विदेशी र स्थानीय खेलाडी अनुबन्धको काम भइरहेको छ ।

प्रतियोगितको विजेताले २५ लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sharoj shahi

    Oct. 15, 2018, 6:26 p.m.

    नयाँ खेलाडी जानुपर्छ , पुराना मात्र छन्/

  •  0 Reply

तपाईको प्रतिक्रिया