गोरखा दरबार क्षेत्रको राष्ट्रिय वनमा सोमवार बेलुकीदेखि डढेलो

 बैशाख ५, २०८० मंगलबार २०:३१:१२ | किरण लोहनी
unn.prixa.net

गाेरखा – ऐतिहासिक गोरखा दरबार क्षेत्रको राष्ट्रिय वनमा सोमवार बेलुकीदेखि लागेको डढेलो अझै निभेकाे छैन । राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ क्षेत्रमा सोमवार बेलुकी ६ बजेदेखि डढेलो लाग्न सुरु भएको थियो ।

सोमवार बेलुकी नै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउने प्रयास गरेपनि असजिलो भौगोलिक बनाेटका कारण पूर्णरूपमा निभाउन नसकेकाे गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो । आज मङ्गलवार दिउँसो निभेकाे जस्ताे देखिए पनि बेलुकीदेखि फेरि डढेलो फैलन सुरु भएको छ ।

राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा डढेलो लागेको हो । बस्तीबाट झन्डै पाँच सय मिटरको क्षेत्रसम्म आगो लागिरहेकाे घिमिरेले बताउनुभयो । भिरमा फैलिएको आगो निभाउनका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको उहाँको भनाइ छ । आगोलागी भइरहेको क्षेत्र नजिक गोरखा दरबार, गोरखकाली मन्दिर, नेपाल टेलिभिजनको रिपिटर टावर लगायतका संरचना रहेका छन् ।

‘निभाउने प्रयास अझै पनि भइरहेको छ तर ठाडो भिरमा आगो सल्किएको र हावाहुरी चलेका कारण सम्भव भइरहेको छैन’, गाेरखा दरबारमा हेरचाह अड्डा प्रमुख हरि भुषालले भन्नुभयो, ‘ऐतिहासिक सम्पदा नजिक आगो आइपुगिहालेमा निभाउने गरी तयारी अवस्थामा छौँ ।’

गोरखा दरबार नजिक झन्डै छ सय रोपनी वन क्षेत्र रहेको छ । वन क्षेत्रको रेखदेख र संरक्षणको काम गोरखा दरबार हेरचाह अड्डामार्फत हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया