गोरखामा धन्सार भत्किएर पुरिँदा एक महिलाको ज्यान गयाे

 असार १९, २०८० मंगलबार १२:३५:४३ | किरण लोहनी
unn.prixa.net

गोरखा  - गोरखाकाे गण्डकी गाउँपालिका-४ ढाबेमा बनाउँदै गरेको धन्सार भत्किएर पुरिँदा एक महिलाकाे ज्यान गएकाे छ । तीन जना घाइते भएका छन् । 

सोमवार हिजाे बिहान ९ बजेतिर जङ्गबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उहाँकी श्रीमती ४१ वर्षकी मीना बरामको घटनास्थलमै ज्यान गएको हो ।

धन्सार बनाउँदै गरेका जङ्गबहादुरका छिमेकी ६५ वर्षका रामकृष्ण बराम गम्भीर घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

कम्मरमुनिको भागमा गम्भीर चोट लागेका बरामलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । यस्तै, घाइते भएका जङ्गबहादुर र उहाँका छोरा २१ वर्षका सुजन बराम सामान्य घाइते भएका डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Santosh singh bhandari

    July 5, 2023, 12:19 p.m.

    होइन यार यो कस्तो आधा खबर लेख्नु भएको हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया